आदरणिय अभिभावक, विद्यार्थी तथा सरोकावालाज्यूहरु सम्पूर्णमा नमस्कार ।
श्री अरुणोदय माध्यमिक विद्यालय महालक्ष्मी नगरपालिका शिक्षालय मध्ये एक हो । यस विद्यालयले सिङ्गो महालक्ष्मी नगरपालिका र देशको शैक्षिक जगतलाई गुणस्तरीय बनाउनका लागि हरदम लागि परेको विद्यालयको रुपमा परिचित छ । यस विद्यालयको प्रशासकीय, प्राविधिक तथा भौतिक व्यवस्थापनमा अनवरत रुपमा सिङ्गो विद्यालय परिवार लागि परेको समेत अवगत गराउदछु । यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु देशका महत्वपूर्ण जनशक्तिको रुपमा समेत राष्ट्रसेवकको रुपमा परिचालित छन् । त्यस्तै अन्य विभिन्न मूलुकमा पनि उच्च सम्मानजनक कार्यमा संलग्न रहेका छन् त्यसैले यस विद्यालयलाई व्यक्तित्व विकास गर्ने साझा प्लेटफर्मको रुपमा यो विद्यालय परिचित छ । शिक्षाले भविष्यको मार्गचित्रलाई सहज बनाइदिने काम गर्छ, र यस विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको विषयवस्तुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सदैव लागि परेको छ । विद्यालयमा बालबालिकाको चौतर्फि विकास गर्न यस विद्यालयले पनि कुनै पनि किसिमको अतिरिक्त क्रियाकलापहरु परिचालन गर्नलाई कसुर राखेको छैन । जस्तै खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता आदि अनेकौ समय सान्दर्भिक क्रियाकलापहरु हुदै आइरहेका छन् । त्यस्तै यस विद्यालयले वालबालिकाको सामाजिक तथा नेतृत्व विकासका लागि भनेर कक्षा १० र कक्षा १२ मा वार्षिक रुपमा शैक्षिक भ्रमणको व्यवस्थापन र सहजिकरण विद्यालय प्रशासनबाट हुदै आएको छ । यस विद्यालयमा विद्यार्थीको सक्रियतालाई तदारुकता राख्न जुनियर रेडक्रस सोसाइटी, सगरमाथा टिन्सक्लब, स्कुल लिडर, क्लास मोनिटर, सदन विभाजन जस्ता विविध समूह बनाई परिचालित अवस्थामा राखिएको छ ।
अन्त्यमा, यस विद्यालयमा आफ्ना नानी बाबुहरुलाई अरुणोदय माध्यमिक विद्यालयमा अध्ययन गर्नका लागि समयमै भर्ना गरी शैक्षिक सत्रको बीच बीचमा बालबालिकाहरुको गुणात्मक प्रगति समेत लेखाजोखा गरिदिनुहुन्छ भन्ने आशा सहित रचनात्मक सल्लाह सुझावहरुको अपेक्षा राख्न चाहन्छु ।
कुलचन्द्र गिरी