निमन्त्रणा सम्बन्धमा ।

 आदरणीय आमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरु तथा आदरणीय विद्यालयलाई माया गर्ने देश तथा विदेशमा रहनुहुने शुभेच्छुक महानुभावहरुमा सर्वप्रथम त विद्यालयको तर्फबाट हार्दिक नमस्कार ।।

विगतका वर्षमा झैँ यसवर्ष पनि शुभदिपावली पर्वको अवसरमा मिति २०८२ - ०६-३१ गते शुक्रबारका दिन विद्यालयको प्राङ्गणमा माझी,राईलिम्बु ,तामाङ, मगर र नेवारी जातिको भेषभुषा सहितको नृत्य , तिहार विशेष गीतहरु , क्यारिकेचरहरु साथै अभिभावकहरुको मौलिक देउसी भैलो , गीत तथा नृत्य लगायतका विविध प्रस्तुती सहितको शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएकाे हुनाले विद्यालयमा उपस्थित भई मनोरञ्जन लिनुहुन सबैमा अनुरोध गर्दछौँ ।
"तिहार विशेष यो रङहरुको पर्व , फूलहरुको पर्व र उज्यालो दिपहरुको पर्वको सबैमा शुभकामना ।"

Post a Comment

0 Comments